काठमाडौं आसपासका डाँडामा हिमपात
काठमाडौं, १६ फागुन । काठमाडौंको नगरकोट, फुल्चोकी, दामनलगायतका स्थानमा बाक्लो हिमपात भएको छ । यो बर्ष दामनमा हिमपात भएको चौथो पटक हो । यता, रसुवाको सदरमुकाम धुन्चेमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ । बुधबार साँझबाट जिल्लाको दक्षिणी भेगमा बर्षा भएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको पार्वतीकुण्ड, गोसाइँकुण्ड, नौकुण्ड तथा उतरगया गाउँपालिकाको विभिन्न स्थानहरुमा बाक्लो हिमपात भएको हो । सदरमुकाममै हिमपात भएपछि हिउँ खेल्न आउनेको संख्या बढेको छ ।