बोक्सीको आरोपमा तातो पन्यूले डामियो !
काठमाडौं, १७ फागुन । काठमाडौँ भीमसेनस्थानमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । आफुलाई माता बताउने कविता श्रेष्ठले दोलखा तामाकोशी गाउँपालिका-४ की रस्मी उपरकोटीलाई बोक्सीको आरोपमा पन्यु तताएर डामेकी थिईन् । न्यूरोडमा डेरा गरेर बस्ने रश्मी आफ्नो बच्चालाई सञ्चो नभएको भनेर मातालाई देखाउन कविता श्रेष्ठकोमा पुगेकी थिईन् । तर सोही स्थानमा बच्चाको आमालाई नै बोक्सी भएको आरोप लाग्यो र रातीसम्म राखेर तातो पन्यूले ठाँउ ठाँउमा डाकियो ।
बोक्सीको आरोप लागेर आफुमाथि अन्याय भएपछि रस्मी प्रहरीको साहरामा गईन् । शरीरको विभिन्न स्थामा डामिएकी रश्मी हाल काठमाडौँमा रहेको विर अस्पतालमा उपचाररत छन् भने आफुलाई माता बताउने कविता श्रेष्ठ प्रहरीको हिरासतमा रहेकी छन् । उनलाई प्रहरीले बोक्सी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको बताएको छ । माता बताउने श्रेष्ठले झारफुक गर्ने गरेकी थिईन् । पीडित महिलाले आफूलाई कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।