‘दमन र धरपकड नराेकिए लाखाैँ युवाहरूले फेरी बन्दुक उठाउनेछन्’
काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले लाखौँ युवाहरुलाइ बन्दुक उठाउन बाध्य नपार्न चेतावनी दिएका छन् । मंगलबार युवा संगठन नेपाल पश्चिम रुकुमको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाटनले अहिलेको सरकार फासिवाद तिर भएको भन्दै आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको बताए । उनले गिरफ्तार गर्ने काम सरकारले जारी राखे लाखौँ युवाले बन्दुक उठाउने चेतावनी दिएका छन् । उनले आफ्नो पार्र्टीमा आस्था राख्नेहरुलाई समेत सरकारले दमन गर्न थालेको बताए ।
उनले भने– “सरकारले हाम्रा नेता कार्यकर्तालाई गिरफ्तार गरेर जबरजस्त युद्घमा धकेल्न खोज्दैछ, त्यसको सामना गर्न एकीकृत जनक्रन्तिमा लामवद्ध भएर लाखौ युवाले बन्दुक उठाउछौँ” उनले अहिलेको केपी ओलीको सरकार राष्ट्र विरोधी र जनविरोधी विभिन्न काण्डहरुमा फसेको आरोप लगाएका छन् ।
सम्मेलनमा पुर्व बिग्रेट कमाण्डर शिसिर, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, युवा संगठनका राप्ती ब्युरो संयोजक तिलक योगी, अखिल क्रान्तिकारीका सल्यान–रुकुम इन्चार्ज दिपक विष्ट लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जलजला सांस्कृतीक परिवार र सिस्ने जनसांस्कृतीक परिवारले सांगीतीक प्रस्तुती राखेका थिए । कार्यक्रममा विभिन्न झाकीको प्रदर्शन पनि गरिएको थियो । भास्कर मल्लको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य विवेक र संचालन डिल्ली शर्माले गरेका थिए ।