अविवाहित १२ बर्षिया बालिकाले बच्चा जन्माइन्
काठामाडौं, २३ फागुन । बर्दिया जिल्ला गेरूवा गाउँ पालिका वडा नं ४ मा बस्ने १२ बर्षिया बालिका भावना बस्नेतले बच्चा जन्माएकि छन् । गेरूवा गाउपालिका कि भावना १४ बर्षिय नन्द बहादुर रावत संग प्रेममा बाधिएपछि उनले बच्चा जन्माएकी हुन् । अहिले बर्दिया जिल्लामा यो बिषयले चर्चा पाउन थालेको छ । निकै गरिव परिवारमा जन्मिएकी भावना अहिले बच्चा सहित आफ्नो दिदी गौरी बस्नेतको घरमा बस्दै आएकी छिन । नन्द बहादुर रावत र भावना बीच बिवाह नभई बच्चा जन्मिएको हो ।अविवाहित त्यसमाथी कलिलो उमेरमै बच्चा जन्माएपछि बिपन्न परिवारकी भावनाकाे भविश्यलाई लिएर चिन्ता थपिएको हो । बच्चा सहित भावना अहिले आफनो दिदिको घरमा बस्दै आएकी छिन् भने नन्द बहादुर आफ्नै बाबू आमा संग बस्दै आएका छन् । भावना यतिबेला सहयोगी हातकाे खोजीमा छिन् ।