आज अन्तर्राष्ट्रिय नारीदिवस

२०७५ फाल्गुन २४ गते, शुक्रबार

काठमाडौं, २४ फागुन । आज १०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन ।
सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारीदिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]