श्रमिक महिला दिवस कार्यक्रमबाट गिरफ्तारभएकालाई तुरुन्त रिहा गर्न माग
काठमाडौं,२५ फागुन । अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्त महिला संघर्ष समितिको आयोजनामा शान्तिवाटीका भएको १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जुलुशमा प्रहरीले गरेको हस्तक्षेप र दमन गरेको जनाएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष सम्झना घर्तिले एक प्रेस विज्ञप्ती जारी गरि श्रमिक महिला दिवस कार्यक्रममा सहभागीहरू पूर्णिमा धामी, बिमला शेर्पा, रुक्मनी गौतम , उषा भुजेल , नवीन बिस्ट लगायत ६ जनालाई गिरफ्तार गरेको जानकारी दिएकि छ्न । गिरफ्तारहरूको तुरुन्त रिहा गर्न पनि अखिल नेपाल महिला संघ क्रान्तिकारीले जोडदार माग गरेको छ । गिरफ्तार साथीहरूलाई रिहा नगरिए उत्पन्न परिस्थितिको जिम्मा राज्य आफैले लिने संगठनका उपाध्यक्ष सम्झनाले चेतावनी दिएकि छ्न ।
समाजवादी महिलाहरूले चलाएको संघर्ष र विजयको यो अभियान १९७५ मा संयुक्त राष्ट्र संघले मान्यता दिएको बिश्वभरिका महिलाहरूले मान्दै आएको ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममाथी हस्तक्षेप गिरफ्तार र दमन गर्नु सामाजिक दलाल सरकारको हरुवा मानसिकताको उपज हो भन्दै संविधान र अन्तर्राष्ट्रिय मान्यता पाएको आजको कार्यक्रम माथिको प्रहरी दमन नयाँ जोगिले धेरै खरानी घसि खुमबहादुरलाई पनि पछि पार्दै छ्न । राज्यको दमन धरपकडको बिचमा विश्व महिला आन्दोलनको विरता बिजयलाई नेपाली क्रान्तिकारी महिला आन्दोलनकोसंग जोड हतोत्साहित नभएर उत्साहका साथ कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल पार्न लाग्नु लाग्नुहुने सबैलाई धन्यवाद, साथै गिरफ्तार साथिहरुको रिहाइको लागि नागरिक समाज, पत्रकार ,मानवअधिकार , महिला अधिकारक्रमी सबैले आवाज उठाउन हार्दिक अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ ।