ठढेलो गाउँतिर सल्किंदा ६ घर ध्वस्त

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं , ३ चैत । पाँचथरको हिलिहाङ गाउँपालिका– ३ डाँडेको रमिते भीरमा लागेको डढेलो गाउँ पस्दा ६ घर जलेका छन् । तीमध्ये ४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा लिइए पनि जंगलको डढेलो अझै नियन्त्रण बाहिर रहेको स्थानीयवासीले जनाएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन हुन नसकेको हिलिहाँङ गाउपालिका वडा नं ३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए । जंगलको डढेलो नियन्त्रणका लागि स्थानीय, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास जारी राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]