दलित वालवालिकालाई छात्रबृति ।
काठमाडौं , ३ चैत । कालिकोट जिल्लाको लक्षित वर्गका एक सय जनालाई छात्रबृति प्रद्यान गरिएको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना वालवालिकाहरुलाई छात्रबृद्धी प्रदान गरेको हो । आज मान्ममा आयेजित एक कार्यक्रमका बिच जिल्लाका साविकको मान्म, दाँहा, भर्ता, सुकाटिया, र कालिकामुग्रा गाबिसका एक सय वालवालिकालाई छात्रबृद्धी प्रद्यान गरिएको हो । बिषेश लिक्षित समुह भित्रका कक्षा ६ देखि ८ सम्मका ३२ जनालाई मासिक चार सयका दरले छात्रबृद्धी प्रदान गरिएको छ । बिषेश लक्षित भित्रकै कक्षा ९ र १० का २२ जनालाई मासिक पाँचसय, बिषेश लक्षित वर्ग कै कक्षा ११ र १२ का ५ जनालाई मासिक १२ सयका दरले प्रद्यान गरिएको छ । अति जोखिममा रहेका कक्षा ११ र १२ का तीन जनालाई मासिक १४ सय, नमुना बिद्याथीहरु कक्षा ११ र १२ का ५ जनालाई मासिक १२ सय, अति जोखिममा रहेका वालावलिका कक्षा १ देखि ८ सम्मका २३ जनालाई मासिक पाँच सयका दरले छात्रबृद्धी प्रदान गरिएको छ । छात्र बृद्धी पाउनेमा स्नातक तहका बिद्याथी पनि रहेका छन । स्नातक तहका नमुना बिद्याथी दुई जनाईलाई मासिक २ हजारका दरले प्रदान गरिएको छ । प्राबिधिक तर्फका एक जनालाई दुई हजार, स्नातकोत्तर पढ्ने एक जनालाई मासिक २५ सयका दरले छात्रबृद्धी प्रदान गरिएको हो । सेभ्द चिल्डे्नको सहयोग तथा नेपाल दलित समाज कल्याण संघ कालिकोटको आयोजनामा छात्रबृद्धी बितरण गरिएको हो । सस्थाका अध्यक्ष जयवहादुर बिश्वक्रर्माको अध्यक्षता तथा खाडाँचक्र नगरपालिका वडा नं ४ का अध्यक्ष धनसिहं बिकको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा छात्रवृद्धी बितरण गरिएको हो । कार्यक्रममा वडा नं ५ का वडा सदस्य दुर्गवहादुर शाही, वडा नं २ का सदस्य खगेन्द्र खड्का लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि धनसिहं बिश्वक्रर्माले आफु दलित बिपन्न परिवार भएकै कारणले पढाई बाट बन्चित भएकाले आफुले जस्तै अरु दलित वालवालिका पनि शिक्षा बाट बन्चित नहोस् भनेर आफ्नो सेवा सुबिधावाट वार्षिक रुपमा उत्कृष्ठ हुने १० जना बिद्यार्थीलाई पुरुस्कार प्रद्यान गर्ने घोषणा गर्नु भएको छ । साथै उहाँले दलित समुदायमा उमेर नपुग्दै विवाहा गर्नेहरुको संख्या बढी देखिएकाले यसको न्यूनीकरणका लाई २० वर्ष पुगि बिवाहा गर्ने दलित छात्र छात्रालाई समेत पुरुस्कृत गर्ने वताउनुभयो । कार्यक्रम अधिकृत गोरख नेपालीले सहजिकरण गर्नु भएको यस कार्यक्रमले कालिकोटमा बिगत २०७० साल वाट दलित, बिपन्न तथा जेहेन्दार वालावालिकालाई छात्रबृद्धी दिदै आएको छ ।-कर्ण बिश्वक्रर्मा