गुडिरहेको ट्रकमा आगलागी
काठमाडौं, ५ चैत । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्याँगमा सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थली जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको ट्रकमा अचानक आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकमा अचानक आफै आगोलागेको हो । आगलागीपछि ट्रक जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । पिपलभञ्ज्याङमा पुगेपछि ट्रकको पछाडीको टायरमा अचानक आगो लागेको र आगलागीका कारण ट्रक र ट्रकको सामान गरी ३४ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ । दमकललको सहायताले ट्रकको आगो मंगलबार बिहान १ बजे आगो नियन्त्रणमा लिइएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।