नेपाली बजारमा माछा अभाव
काठमाडौँ, ११ चैत । भारतबाट आयात बन्द हँुदा नेपाली बजारमा माछाको अभाव भएको छ । सरकारले माछा–मासु आयात गर्दा क्वारेन्टाइन प्रमाण–पत्र अनिवार्य गरेपछि माछाको अभाव भएको हो । व्यापारीले नेपाली माछाकै पनि कृतिम अभाव सिर्जना गरेपछि बजारमा माछाको मूल्य दोब्बरले बढेको छ । सरकारले चैत १ गतेबाट माछा–मासु आयातमा क्वारेन्टाइन प्रमाण–पत्र अनिवार्य गरेपछि ९९ प्रतिशत आयातकर्ताले मापदण्ड पूरा गरेर माछा आयात गर्न सकेका छैनन् । अधिकांश माछा भारतबाट आयात हुने तर, त्यहाँका सबै प्रदेशमा क्वारेन्टाइन प्रणाली लागू नभएका कारण आयातकर्ताले प्रक्रिया पु¥याएर ल्याउन नसक्दा नेपाली बजार प्रभावित भएको हो । अहिले काकडभिट्टा नाकाबाट मात्रै क्वरेन्टाइन पूरा गरेर माछा–मासु आयत भइरहेको छ । भारतबाट माछा भित्र्याउँदा १३ दिनसम्म लाग्ने अबधिमा बिग्रने र ताजा राख्न रासायनिक पदार्थ प्रयोगको क्रम बढेपछि सरकारले जनस्वास्थ्यको कारण देखाउँदै क्वारेन्टाइनमा कडाई गरेको हो । जसको असर नेपाली बजारमा परेको छ ।