पत्रकार कर्ण विश्वकर्मा रिहा
काठमाडौं, १४ चैत ।रेडियो नयाँ कर्णालीकाे स्टुडियोबाट गिरफ्तार भएका बरिस्ठ प्राविधिक, संवाददाता एवं जनपत्रकार संगठनका कालिकोटका संयाेजक समेत रहेका कर्ण विश्वकर्मालाई आज रिहा भेक छन । विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घले मिसन टोली नै पठाएको थियाे । समाचार तथा लेख लेखेकाे र फेसबुकमा सेयर गरेकाे भन्दै प्रहरीले गरिरफ्तार गरेकेा थियाे ।
महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गाएका थिए । साे लगत्तै प्रहरीले पत्रकार विकलाइ रिहा गरेकेा हाे । पत्रकार विश्वकर्मालाई यही चैत ७ गते पक्राउ गरिएको थियो । पत्रकार विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनका कालिकाेट जिल्ला संयाेजक हुन् । पार्टीका समाचार तथा लेख लेखेकाे भन्दै यहि चैत्र ७ गते रेडियाेकाे स्टुडियोबाट प्रहरीले उनलाइ गिरफ्तार गरेको थियो । पत्रकार विककाे रिहाइकाे लागि जनपत्रकार संगठन, नेपाल, नेपाल पत्रकार महासंघ लगायत सबैले पहल गरेका थिए ।