बुढीगण्डकी जलविद्युत आयोजनाः मुआब्जा नपाएपछि आन्दोलन

२०७५ चैत्र १९ गते, मंगलवार

काठमाडौ, १९ चैत । मुआब्जा निर्धारण नगरी सरकारले जनतालाई दुःख दिएकोभन्दै बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले आन्दोलन थालेका छन् । १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले मुआब्जा निर्धारण गर्न पर्ने माग राखेका छन् । उनीहरुले माइतीघर मण्डलामा केहीबेर प्रदर्शन गरे । आरुघाट बजार, आर्खेत, खहरे र विशालनगरको मुआब्जा निर्धारण नभएको प्रभावितले बताएका छन् । प्रति आना १० लाखदेखि २५ लाखसम्म मुआब्जा निर्धारण हुनुपर्ने उनीहरुको माग छ ।
सरकारले जनतासँग राय लिएर मुआब्जा वितरण गर्ने बताएको छ । गोरखाको आरुघाट बजार, आर्खेत र धादिङको खहरे, विशालनगर क्षेत्रका स्थानीय पुरानो व्यापारिक केन्द्र सजिलै छाड्न तयार छन् । जनताको मागलाई सम्बोधन गरेर मात्रै आयोजना अघि बढाउनुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेसले बताएको छ । २०६६ सालदेखि आयोजनाबाट गोरखा र धादिङका जनताले धेरै दुःख व्यहोर्दै आएका छन् । बस्दै आएको थात्थलो र चीनसँगको ब्यापारिक केन्द्र भएकाले प्रभावित क्षेत्रका जनतालाई छलेर मुआब्जा निर्धारण नहुने सरकारी अधिकारी बताउँछन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले यो आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । बिना टेण्डर आयोजना जिम्मा दिएको भन्दै आलोचना भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]