बस दुर्घटना, चारजनाको मृत्यु, २० घाइते

२०७५ चैत्र २५ गते, सोमबार

काठमाडौ, २५ चैत । धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा ना ७ ख २७१३ नम्बरको यात्रीवहाक बस दुर्घटना हुँदा एक बालिकासहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसका चालक धरान ८ का चक्रबहादुर गुरुङ, धनकुटा चौबीसे १ का दलबहादुर मगर रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन । दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]