जीप दुर्घटनामा पूर्व सांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते

२०७५ चैत्र २८ गते, बिहीबार

काठमाडौं , २८ चैत । गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]