थबाङमा प्रहरी आतंक !

२०७६ बैशाख ५ गते, बिहीबार

काठमाडौँ, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपीकाे नेतृत्वमा गएको टाेलिले थबाङमा हिजाे रातिदेखि सर्बसाधारणको घर खानतलासी गर्दै अातंक मच्चाइ रहेकाे छ । हिजो राति साढे ८ बजेदेखि अाजसम्म घरघरमा खानतलासी गर्दै सर्वसाधारण युवा मूलधन नेपालीलाई कुटपिट समेत गरेको खबर प्राप्त भएको छ । उक्त टाेलिले नेपाल कम्युनिस्ट पार्टीका राेल्पा जिल्ला इन्चार्ज प्रताप, र पार्टीका राेल्पा जिल्ला कार्यालय सदस्य अमित घर्तीकाे घरमा हिजाेदेखि अाज सम्म प्रहरीले खानतलासी गर्दै घरका परिवारलाई धम्क्याउने र अातंकित पार्नुका साथै हातपात गरिरहेकाे स्थानीयले बताएका छन् । हिजो दिउँसो पर्यटनको कार्यक्रममा नाउँमा ऊर्जामन्त्री वर्षमान र श्रीमती अाेनसरी पुनकाे सुरक्षार्थ गएको जिल्लाको डिएसपीकाे फाेर्सले नेकपाका जिल्लाका नेताकार्यकर्तालाई खाेज्ने नाउँमा थबाङका स्थानीयमा अातंक सिर्जना गरिरहेकाे त्यहाँका स्थानीयले बताए । नेपाल बन्दकाे पूर्व सन्ध्यामा थबाङमै हिजाे साँझ नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा मसाल जुलुस कार्यक्रम पनि सम्पन्न गरिएको बताइएको छ । विनाकारण घरघरमा खानतलासी गर्दै स्थानीयलाई नै कुटपिट गर्ने, अातंक, दमन गर्ने प्रहरीप्रति स्थानीयले अाक्राेश व्यक्त गरिरहेकाे समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]