मध्यराति भूकम्पको धक्का

२०७६ जेष्ठ ८ गते, बुधबार

काठमाडौं, ८ जेठ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गए मध्यरातमा लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको जनाएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्प ४.१ म्याग्निट्यूटको रहेको केन्द्रले जनाएको छ । राति सुतेको बेला भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए । यसअघि धादिङ र दैलेखमा समेत भूकम्पको धक्का महसूस गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]