जेठ २३ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतर्फ लगिने
काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ ठटीबाट जावलाखेलतर्फ लगिने दिनको साइत जेठ २३ गते जुरेको छ । यहीदिन रथ जावलाखेलमाआउन सक्यो भने भोटो देखाउने साइत जेठ २६ गते पर्नेछ ।
गुठी संस्थान पाटन शाखाप्रमुख शैलेन्द्र पौडेलकाअनुसार, २३ गते साँझजावलाखेलमा रथ पु¥याउने गरी नै यहाँपूर्व तयारी भएको छ । रथ जावलाखेलआएको चौथो दिनमाभोटो देखाउने प्रचलन छ । यसकालागि रथको अवस्थाअवलोकनसमेत गरिएको छ ।
रथलाई ठटीबाट जावलाखेलमाल्याउने विषयमाज्यापू समाजबीचविमर्श भइरहेको जावलाखेल जात्राव्यवस्थापन समितिकाअध्यक्षबालकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
भोटो प्रदर्शनपछि मच्छिन्द्रनाथलाई तामदानीमा राखेर बुङ्गमतीमा लैजाने विषयमापनि परामर्श भएको छ । नाथभोटो जात्रा सक्याएर बुङ्मतीलाग्नु भए पछि बुङ्मतीमै ६ महिना रहनुहुनेछ । ६ महिनाअघिनाथलाई बुङ्मतीबाट पाटन तःबहालल्याइएको थियो ।