काठमाडौ र ललितपुरका ठाउँ ठाउमा प्रेसर कुकर !

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफना कार्यकर्ता मारिएको बिरोधमा गरेको नेपाल बन्दको प्रभाव काठमाडौ लगायत देशैभर परेको छ । उपत्यकामा नगन्य मात्रामा सवारी चलेका छन भने गाउँ गाउँबाट काठमाडौ उपत्यका भित्रीने गाडी सुन्य जस्तै भएको छ । बन्दको पुर्व सन्ध्यामा आइतबार साझ अनामनगर नजिकै, घट्टेकुलो र सुकेधारामा टाइम बम बिष्फोटमा चारजनाको मृत्यु भएपछी सोमबार सवारी कम चलेको प्रहरीले अनुमान गरेको छ । आइतबारको घटनाले आज मानिसहरु समेत बाहिर खासै निस्किएका छैनन ।
यसैबीच, काठमाडौंको नयाँ नयाँबसपार्कमा रहेको लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना पाएलगत्तै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान सुरु गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम आईतवार साँझ नै राखिएको देखिएको एसएसपी श्याम ज्ञवालीले बताए । अहिले बम डिस्पोज गर्नका लागि सेनाको टोलीपनि लोत्से भवनमा पुगिसकेको बताइएको छ।
यता, ललितपुरको खुमलटारस्थित टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवनको पेटीमा बम फेला परेको छ । लेप्रोसी ट्रस्टको पेटीमा झोलाभित्र प्रेसर कुकुर बम भेटिएको हो । सेनाले रोबोटको सहायताले बम निस्क्रिय बनाएको छ । पाँच लिटरको कुकरमा दुई वटा डेटोनेटर र ६ वटा क्यामरामा लगाउने जस्तो देखिने ब्याट्री भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी भैसेपाटीको आभास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र बिस्फोटक पाउडरसहितको बम फेला परेको सेनाले जानकारी दिएको छ । उतm बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको हो । ललितपुरका दुई ठाउँ राखिएका बम निकै शक्तिशाली रहेकोे डिस्पोजमा खटिएका सेनाले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाई छ । बिहानै भैसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणका टोलीले क्षति कम गर्नका लागि सिनामंगलबाट रोबोट झिकाएको थियो । खुमलटारमा करीब साढे सात बजे बम भेटिएकोमा झण्डै १० बजे मात्रै डिस्पोज गरिएको थियो ।