गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष गिरफ्तार

२०७६ जेष्ठ १५ गते, बुधबार

काठमाडौं, १४ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवम् गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष बुमुरा कोमोर्चालाई गत आइतबार काठमाडौँको कोटेश्वरबाट गिरफ्तार गरिएको छ । आफ्नो नियमित काममा हिँडिरहेको बेला उनलाई पक्राउ गरिएको हो । नेकपाको १३ गतेको बन्दको अघिल्लो दिन बन्दकर्ताको आरोप लगाउँदै प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको खबर छ । उक्त गिरफ्तारीको विरोधगर्दै महासङ्घले कडा निन्दा गरेको छ । विभिन्न समयमा बिनाकारण मजदुर नेताहरू गिरफ्तार गर्ने, यातना दिने, मुद्दा चलाउनेजस्ता अमानवीय कार्य सरकारले तत्काल रोक्नुपर्ने भन्दै यस्ता गतिविधि राज्यले जारी राखे श्रमिक मजदुर वर्गले यस्ता कार्यको सशक्त प्रतिरोध गर्ने जनाउँदै महासङ्घका अध्यक्ष अमर झाँक्रीले कडा आपत्ति जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]