जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेलाई पक्राउ गर्न पत्राचार
काठमाडौं, १७ जेठ । जिल्ला प्रशासन कार्यालय धनुषाले जानकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे)लाई पक्राउ गर्न पत्राचार गरेको छ । अध्यक्ष पाण्डे विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलब लगायतको लेनदेन बाँकी रहेको उजुरी परेको कारण उनी विरूद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले भने विभिन्न संघ संस्था रकम बक्यौता र कर्मचारीहरुको तलब वापतको लाखौ रुपैया महिनौदेखि बांकी रहेको भने विभिन्न निकायबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएको हो।