आइतबार सार्वजनिक बिदा
काठमाडौं, २५ जेठ । सरकारले भोलि आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ । शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो । उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।