सडक नबनाएकाे विराेधमा प्रदर्शन
काठमाडौं, २८ जेठ । चाबहिलदेखि बाैद्ध-जाेरपाटी हुँदै साँखु जाेड्ने सडक वर्षाैँ बित्दा समेत खनेर अस्तव्यस्त नै छाेडेकाे विराेधमा स्थानीयले आज स्वत:स्फूर्त प्रदर्शन गर्दै सवारी साे रुटमा सवारी आवागमन नै ठप्प पारेका छन् । उनीहरुले आज मंगलबार बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् । सडक विस्तारका लागि भत्काइएको सडक लामाे समय बित्दासमेत मर्मत नभएकाेकाेमा उनीहरु विराेधमा उत्रिएका हुन् । स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणमा ढिलाइ भइरहेकाे र यसकाे यसर साे रुट हुँदै आवागमन गर्ने स्थानीयले भाेग्नुपरेकाे उनीहरुकाे गुनासाे छ । आक्रोसित युवाहरुकाे भीडले सरकारविरुद्ध नाराबाजी गर्दै अविलम्ब सडक मर्मत गर्न माग गरेका हुन् ।
‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध समेत नाराबाजी गर्दै कारबाहीकाे माग गरेका छन् । बर्खा लाग्न थालेदेखि यस सडकमा हिलाे जम्ने र सुख्खा हुँदा धुलाे उड्ने गरेकाे छ । जसका कारण यस रुटमा सवारी हाँक्न तथा यात्रा गर्न सकस हुँदै आएकाे छ ।