भ्रष्टाचार, भूमाफियासँगको साठगाठ गरेकोले नगरपालीकामा विस्फोट

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् नेपालले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको जनाएको छ ।
बुधवार राति धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा लिदैँ जनपरिषद् नेपाल धनुषाले भ्रष्टाचार, भूमाफियासँगको साठगाठ लगायतका कारण उक्त कार्वाहि गरेको जनाएको हो ।
जनपरिषद(जनसरकार) धनुषाका प्रमुख मनोजले बिहिवार विज्ञप्ति जारी गरी व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु दलालहरुमार्फत् बिक्रीवितरण गर्न सहयोग गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको, नगरपालिकाको सानोसानो काममा पनि जनसमुदायबाट घूस खाने गरेको पाइएकाले कारबाही गरिएको जनाएका छन् ।
विकास निर्माणका काममा कमसल काम गरेर किर्ते कागज बनाई बजेट फरफारक गर्ने गरेको र्नुका साथै स्थानीय जनतासँग कुनै सरोकार नराखी एकलौटी र मनोमानी ढंगबाट काम गर्ने र सार्वजनिक सम्पत्ति हिनामिना गरेको आदि कारणले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ । धनुषाधाममा भएको विस्फोटका कारण नगरपालिकाको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको सभाहलको पर्खालमा क्षति पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]