ग्यास सिलिण्डर विस्फोट, ३ घर जलेर नष्ट

२०७६ असार ५ गते, बिहीबार

काठमाडौँ , ५ असार । जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकमा ९ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन घर जलेका छन् । आज बिहान भएको उक्त विस्फोटका कारण ठाकुर मिष्ठान भण्डार, गोबिन्द मिष्ठान भण्डार र एक भोजनालय संचालन भएका तीन वटा घरहरु जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ । सुरुमा गोबिन्द मिष्ठान भण्डारमा बालिएको सिसिलण्डर ग्यास विस्फोट भएपछि छेउछाउमा रहेका अन्य घरहरुको सिलिण्डर पालैपालो पड्कीएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटपछि भएको आगोलागीका काराण तीनैवटा घर पुर्ण रुपमा नष्ट भएका छन् । यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । विहानै ठुलो आवाजमा श्रृङ्खलाबद्ध रुपमाले विस्फोटको आवाज सुन्दा स्थानीय त्रसित भएका थिए । आगोलागीबाट के केति क्षति भयो भन्नेबारे पुर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]