देशभर मनसुन सक्रिय

२०७६ असार १२ गते, बिहीबार

काठमाडौं, १२ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुन देशभर सक्रिय भएको जनाएको छ । मनुसुन भित्रिएसँगै गर्मी केही कम हुने जनाइएको छ । यसैबीच बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं शदलीको सम्भावना रहेको महाशाखाले जनाएको हो । आज राति समेत धेरै ठाँउमा वर्षा हुने पूर्वानुमान छ । देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान हो ।

प्रतिक्रियाहरु

[anycomment]