पोखरी मासेर पार्किङस्थल !
काठमाडौं, १० साउन । ललितपुर महानगरपालिकाले वडा नम्बर–२०, नःटोलमा रहेको ऐतिहासिक पलेस्वाँः अर्थात् कमलपोखरी पोखरी मासेर पार्किङस्थल बनाउन ठेक्का दिएको छ । महानगरपालिकाले पोखरी मासेर पार्किङस्थल बनाउन सम्झौता गरेपछि स्थानीय बिरोधमा उत्रिएका छन । २०२९ सालमा सर्वोच्च अदालतले सो स्थानलाई पोखरी नै कायम राख्न आदेश दिएको भएपनि महानगरपालिकाले बजेट अभाव देखाउँदै हालसम्म पनि पोखरी बनाउन सकेको छैन । तर, अहिले महानगरपालिकाले पोखरी रहेको स्थानमा पार्किङस्थल बनाउने तयारी गरेको छ । यो ठाउँमा साविकमा चारओटा पोखरी रहेको स्थानीय बताउँछन् ।
पोखरीले ओगटेको ३२ रोपनी क्षेत्रफलमध्ये १६ रोपनीमा ललितपुर महानगरपालिकाको कार्यालय नै छ । त्यसैगरी, यही जग्गामा त्रिपद्म माध्यमिक विद्यालयको भवन पनि बनेको छ ।