वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

२०७६ श्रावण १८ गते, शनिबार

काठमाडौं, १८ साउन । रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीस्थित वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको बतैएको छ । गएराति भएको विस्फोटका कारण वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् । वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बीचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएको जानकारी स्थानीयले दिएका छन् । सिलिन्डर ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवन पनि चर्किएको छ ।

प्रतिक्रियाहरु

[anycomment]