लक्ष्मी पुजाका दिन लोडसेडिङ नहुने

२०७६ कार्तिक ६ गते, बुधबार

काठमाडौँ , ६ कार्तिक । नेपाल विद्युत प्राधिकरणले वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने लक्ष्मी पुजाका दिन अलोडसेडिङ नहुने बताएको छ । बिगत चार वर्षदेखि लक्ष्मी पुजाका दिन प्राधिकरणले वत्ति काट्न छोडेको छ । तिहारमा सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । यसपाली पनि तिहारमा कतै बत्ति नजाने सुनिश्चित गर्न प्राधिकरण जुटिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सकेसम्म स्थानीय क्षेत्रका ट्रान्सर्फमरले लोड धान्न नसकेर ट्रिपिङ हुने खालका समस्या पनि आउन नदिने गरी तयारी भइरहेको बताउँछन् । गत वर्ष पनि लक्ष्मी पूजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]