भुवा पर्व सुरु

२०७६ पुष ११ गते, शुक्रबार

काठमाडाैँ, ११ पुस । आजबाट भुवा पर्व सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व बझाङका विभिन्न स्थानीय तहका ६० बढी गाउँमा रौनक छाएको हो । कुरु क्षेत्रको युद्ध सुरु हुनुभन्दा अघि पाण्डवहरु वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको किंवदन्ती पाइन्छ ।
पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोकाबली दिने परम्परा रहेको छ । पर्वको आकर्षणका रुपमा वाली नाँच, ठाडो भस्सो भारी खेल जस्ता नाँच तथा गायन कार्यक्रमहरु आयोजना गरिन्छ । प्रत्येक वर्षको पौष औंसीका दिन मसाल सल्काएर सुरु गरिने पर्वको पौष शुक्ल पुर्णिमा अगावै विधित रुपमा समापन गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]