एमसीसीविरुद्ध विशाल जनसभा सम्पन्न

२०७६ माघ १३ गते, सोमबार

काठमाडौं, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले नरहरिनाथ गाउँपालिका लालुमा एमसीसी सम्झौता खारेजिको माग गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा विशाल जनसभा गरेको छ । जनपर्दशनपछि आयोजित जनसभालाई जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा राष्ट्रघाती एमसीसी सम्झौता पास गरिएमा नेपालका अमेरिकी दलालहरुको सिरानीमा बम विस्फोट गराइ दिने चेतावनी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले एमसीसी सम्झौता गरेर नेपालको सुरक्षा निकायको ठूलो अपमान हुने गरी अमेरिकी सेनाको क्याम्प राख्ने रणनीतिका विरुद्ध मर्न तयार छौं तर एमसीसी पास गर्न दिन्नौ भन्ने ठोकुवा गरे । प्रमुख अतिथि बिराटले राष्ट्रघातीहरु सिर ठाडो गरेर हिड्ने राष्ट्रवादीहरु थाक्ने स्थितिको अन्त्य एकीकृत जनक्रान्तिले मात्र गर्ने भएकाले सबै नेपालीहरुले आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने बेला आएको धारणा ब्यक्त गरे ।
उक्त जनसभामा केन्द्रीय सामना परिवार र ब्युरो कलाकारले जनवादी राष्ट्रवादी गीतहरुले जनतालाई स्पस्ट पार्ने काम गरेको थियो भने सयौं जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]