‘ देशकाे रक्षा गर्न युवाहरुले कम्मर कस्नु पर्छ ‘
काठमाडौँ , १८ माघ । युवा संगठन नेपाल कालिकाेटले “नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेप र वर्तमान राज्य ब्यावस्था र युवाहरुकाे भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले राष्काेट नगरपालिकामा गरेको उक्त कार्यक्रममा सभाअध्यक्ष आत्त्मा क्षेत्रीले बाेल्दै नेपाली युवाहरुले नेपालि भुमिमामै अाफै उत्पादन गरेर जीविकोपार्जन गर्नु पर्ने ,थोरै आर्थिक लोभमा बिदेश गएर बिदेशिको हस्तक्षेप नसहन अनुराेध गर्दै नेपालमा बिदेशिको चलखेल बन्द गर्न नेपाली युवाहरु एकजुट हुनु पर्ने बताए । सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला सेक्रेटरी रणदिपले वर्तमान राज्य ब्यावस्था र दलालहरुकाे नेतृत्वले देशलाई नाङ्गाे पारिसकेको ठोकुवा गर्दै अब युवाहरुले देशकाे रक्षा गर्न कम्मर कस्नु पर्ने बताए । उक्त कार्यक्रममा कालिकाेटका युवा,बिद्धिजिवि ,शिक्षक , महिलाहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।