सहिद परिवारलाई दाेसल्ला अाेडाएर सम्मान
काठमाडाैं, २३ फागुन । युवा संगठन नेपाल कालिकोटले २५अौँ जनयुद्ध दिवस भब्य रुपमा मानेको छ । नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी रुपमा मनाएको सहिद सप्ताह युवा संगठन नेपाल कालिकोटले कालिकोटको सान्नि त्रिवेणी गापाका सहिद परिवारलाई भेला गरि दाेसल्ला अाेडाएर सम्मान गरेकोे छ । उक्त समाहरोमा उपस्थित सहिद परिवारले सरकारले सहिदहरुको अपमान गरेको र सहिद परिवारलाई सरोकार नराखेको भन्दै आक्रोशित भएका थिए । उनीहरुले जनयुद्धका गद्दार नेता प्रचण्ड, बाबुरामलाई सिध्याउन परे आफ्नो साथ रहने र विव्लवलाई क्रन्तिबाटै बैज्ञानिक समाजबाद ल्याउन आग्रह गरेका छन ।
उक्त कार्यक्रममा बोल्दै युवा संगठन नेपाल कालिकोटका अध्यक्ष आत्मा क्षेत्रीले सहिदहरुका सपना र जनताका आसालाई कदर गर्दै राष्ट्रियताको रक्षा र दलालिहरुको अन्त्य युवाहरुलाई नेपाल मै स्वरोजगारको ब्याबस्था नहुन्जेलसम्म एकीकृत जनक्रन्तिको कार्यदिशाबाट बैज्ञानिक समाजबाद स्थापना नआउदासम्म सिङ्गो क्रन्तिकारी युवा शक्ति लाग्ने बताए ।