बास्कोटाको घरमा बम विष्फोट गराउन संलगन भएको भन्दै देव गुरुगं पक्राउ

२०७६ फाल्गुन २८ गते, बुधबार

काठमाडाैँ, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान बम विष्फोट गराउने कार्यमा संलग्न भएको आशकामा प्रहरीले देव गुरुगंलाई पक्राउ गरेको छ । मनोहरा सुकुम्वासी बस्तीबाट अन्दाजी ५० बर्षका देव गुरुगंलाई नियन्त्रणमा लिएर ठिमीमा राखिएको प्रहरीले जनाएको छ । लोकन्थली स्थित बास्कोटाको घरमा बिहान बिष्फोट हुदाँ ढोका र झ्यालमा केही क्षति भएको , एउटा भ्यानमा क्षति भएको पनि प्रहरीले जनाएको छ । घटना स्थलमा बम विफोटको स्वीकारोक्ति सहित नेकपाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]