लकडाउनमा थप कडाई , एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

२०७६ चैत्र २३ गते, आईतवार

काठमाडौं, २३ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन अर्थात् बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गर्दै कडाई गरेको हो ।
सरकारले कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन फेरि थपेर चैत २५ गतेसम्मका लागि तोकिएको छ ।
चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे अहिले कुनै निर्णय नगरेको र आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जानकारी मन्त्री खतिवडाले दिए । कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बुवाको मुख हेर्ने दिन

२०८२ भाद्र ७ गते, शनिबार

आज कुशे औँसी

२०८२ भाद्र ७ गते, शनिबार

मनसुनी गतिविधि बढ्ने

२०८२ भाद्र ७ गते, शनिबार