वडाध्यक्ष शाहीलाई पक्राउ गर्न अनुमति
काठमाडौं, ३० चैत । जिल्ला अदालतले कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीलाई पक्राउ गर्न अनुमति दिएको छ। शाहीविरुद्ध हातहतिया ओसारपसार आरोपमा मुद्वा दायर भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। चैत २५ मा डिएल ३ सिसिआर ३९९७ नम्बरको भारतीय गाडीमा वडाध्यक्ष शाहीको पहिचान खुल्ने एटिम कार्ड र नगद रकमसहित दुई थान हतियार सशस्त्र प्रहरीले बरामद गरेको थियो।