२०७७ साल शुरु

२०७७ बैशाख १ गते, सोमबार

काठमाडौं , १ बैशाख । आज नयाँ वर्षको पहिलो दिन , आजवाट २०७७ साल शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आजबाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु