लकडाउन उल्लंघन गर्ने पक्राउ
काठमाडाैं, १ वैशाख । काठमाडाैं उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले ‘होल्ड’ गरेको छ । आज बिहान ७ बजेसम्ममा काठमाडाैं र ललितपुरबाट चार सय ५४ जना पुरुष र एक सय ६२ महिला गरी ६ सय १६ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । साेधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट बच्न र राेकथामका लागि सरकारले देश नै लकडाउन गरेकाे छ ।
सरकारले भाइरसकाे सङ्क्रमणबाट बच्न लकडाउनकाे विकल्प नभएकाेले यसलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्दै आएकाे छ । यद्यपि लकडाउन उल्लङ्घनकाे क्रम भने घटेकाे छैन ।