ने.क.पा. दुर्गम भेग र दैनिकी मजदुरी गर्नेहरुकाे सेवामा खट्दै
काठमाडाैं, ५ वैशाख । लकडाउनको कारण दुर्गम भेग र दैनिकी मजदुरी गरेर खाने जनताहरु रोगको सट्टा भोक र शाेकले मर्ने सम्भावना बढिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी बझाङले मानवीय संकटको यस परिस्थितिमा जनताको सेवामा अग्रमोर्चामा रहेर अभियानको रूपमा जनताको बीचमा काम गरिरहेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङका जिल्ला इन्चार्ज विराट र सचिव हरिलालले संयुक्त प्रेस विज्ञप्ति जारी गरि जिल्लाका विभिन्न वडाहरुमा ३५० भन्दा बढी बिपन्न तथा गरिब परिवारलाई खाद्य सामग्री राहतको रूपमा बितरण गरेको जानकारी दिदै जनताले धन्यवाद समेत दिएर पार्टी खुलेर जनताको बीचमा आउन आग्रह समेत गरिरहेकाे बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ -‘पार्टीको उक्त कार्यबाट अत्तालिएर थलारा गा.पा.१ र २ मा सरकारी नेकपाका केहि लठैतहरुले स्थानीय कार्यकतामाथि आक्रमण गर्न खोज्दा जनताहरुले उल्टै प्रतिकार गरि बिप्लवको पक्षमा नाराबाजी समेत गरि लखेटेर भगाएका छन् । जिल्ला पार्टी उक्त वडाका क्रान्तिकारी जनतालाई धन्यवाद ज्ञापन गर्दछ । आइन्दा भ्रष्ट दलालहरुले हाम्रो पार्टीको विरुद्धमा यस्ता खाले हर्कत दोहोर्याए ती ब्यक्तिलाई पार्टीले सख्त कार्बाही गर्ने चेतावनी दिन चाहन्छ ।’
यो बिपतको समयमा अाफ्नाे पार्टी फेरि पनि सबैसंग योजनाबद्ध तरिकाले सहकार्य गर्न तयार रहेको जानकारी गराउदै सम्पुर्ण बझाङका आम जनसमुदायमा यो महामारीको बेला उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विज्ञप्तिमा अपिल गरिएको छ ।
बझाङ जिल्लामा हालसम्म स्वास्थ्य उपचार गर्ने उपयुक्त अस्पताल, प्रयाप्त मेडिकल सामग्री र नियमित सेवन गर्ने औषधिको समेत अभाव रहेको उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ -‘स्थानीय सरकारका जनप्रतिनिधि भनाउदाहरु राहतको नाममा गुणस्तरहिन पेटिकोटे मास्क र अधिकांस ठाउँमा ३-५ केजि चामल वितरण गरेर एफएम रेडियोहरुबाट ढवाङ्ग पिटिरहेका छन् । जनताको बाच्न पाउने अधिकारको हनन् गरि बिपन्न तथा गरीब परिवारको भावनामा गम्भीर ठेस पुर्याइरहेका छन् । भ्रष्ट केपी सरकारका जनप्रतिनिधिहरु स्वास्थ्य सामग्री, क्वारेन्टाइन, मास्क र खाद्य सामग्रीको नाममा नक्कली तथ्यांक संकलन गरि भ्रष्टाचार गर्ने सुनौलो अवसर प्राप्त गरि सर्बसाधारण जनातामाथि आघात पुर्याइ ब्यक्तिगत धन कमाउने खेलो गरिरहेका छन् । साथै जिल्लाका विभिन्न क्षेत्रमा केहि ब्यवसायीहरुले दैनिक उपभोग्य सामग्री लगायत खाद्य संकट सिर्जना गरि महँगीले जनताको ढाड सेकिरहेका छन् । नियमन र नियन्त्रण गर्ने निकाय बेखबर छ ।’
विज्ञप्तिकाे पूरा पाठ- “चिनको वुहान प्रान्तबाट महामारीको रूपमा विश्व भरि फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण मानव समुदाय आतंकित बनिरहेको छ । उक्त महामारीको कारण एक लाख चौतिस हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने २१ लाख भन्दा बढी मानिसमा संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ संगठनले नेपाल पनि उच्च जोखिममा रहेकोे जानकारी पहिले नै गराई सकेको छ । आज विश्व नै बन्दाबन्दीको अवस्थामा रहेको छ । नेपालमा केपी एन्ड पिके कम्पनी
सरकार मानवीय संकट उत्पन्न भैरहेको यस अवस्थामा पुर्व तयारीमा जुट्नुको सट्टा मेडिकल सामग्रीमा समेत करोडौं रकम भ्रष्टाचार गरि जनताको सामु निर्लज्ज साबित भैसकेको छ । केपि सरकारको लाचारीको कारण यस संकटपुर्ण अवस्थामा आफ्नो नागरिकको उद्वार गर्नुको सट्टा श्रमजीवि नेपाली दाजुभाइ दिदिबहिनीहरु भारत लगायत विदेशी गल्लीमा अलपत्र भएर सरकार बिहिनताको अवस्थामा नारकिय जीवन जिउन विवस भएका छन् ।
बझाङ जिल्लामा हालसम्म स्वास्थ्य उपचार गर्ने उपयुक्त अस्पताल, प्रयाप्त मेडिकल सामग्री र नियमित सेवन गर्ने औषधिको समेत अभाव हुनु बिडम्बना हो । स्थानीय सरकारका जनप्रतिनिधि भनाउदाहरु राहतको नाममा गुणस्तरहिन पेटिकोटे मास्क र अधिकांस ठाउँमा ३-५ केजि चामल वितरण गरेर एफएम रेडियोहरुबाट ढवाङ्ग पिटिरहेका छन् । जनताको बाच्न पाउने अधिकारको हनन् गरि बिपन्न तथा गरीब परिवारको भावनामा गम्भीर ठेस पुर्याइरहेका छन् । भ्रष्ट केपी सरकारका जनप्रतिनिधिहरु स्वास्थ्य सामग्री, क्वारेन्टाइन, मास्क र खाद्य सामग्रीको नाममा नक्कली तथ्यांक संकलन गरि भ्रष्टाचार गर्ने सुनौलो अवसर प्राप्त गरि सर्बसाधारण जनातामाथि आघात पुर्याइ ब्यक्तिगत धन कमाउने खेलो गरिरहेका छन् । साथै जिल्लाका विभिन्न क्षेत्रमा केहि ब्यवसायीहरुले दैनिक उपभोग्य सामग्री लगायत खाद्य संकट सिर्जना गरि महँगीले जनताको ढाड सेकिरहेका छन् । नियमन र नियन्त्रण गर्ने निकाय बेखबर छ । केपी सरकारको योजना विहिन लकडाउनको कारण दुर्गम भेग र दैनिकी मजदुरी गरेर खाने जनताहरु रोगको सट्टा भोक र शाेकले मर्ने सम्भावना बढिरहेको छ । मानवीय संकटको यस परिस्थितिमा उक्त हर्कतहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अब उप्रान्त मानवता विरुद्धका हर्कतहरु नदोहोर्याउन चेतावनी दिन चाहन्छौँ । हाम्रो पार्टी यो बिपतको समयमा समेत जनताको सेवामा अग्रमोर्चामा रहेर अभियानको रूपमा जनताको बीचमा काम गरिरहेको छ । जिल्लाका विभिन्न वडाहरुमा ३५० भन्दा बढी बिपन्न तथा गरिब परिवारलाई खाद्य सामग्री राहतको रूपमा बितरण गर्दा जनताले धन्यवाद समेत दिएर पार्टी खुलेर जनताको बीचमा आउन आग्रह समेत गरिरहेका छन् । पार्टीको उक्त कार्यबाट अत्तालिएर थलारा गा.पा.१ र २ मा सरकारी नेकपाका केहि लठैतहरुले स्थानीय कार्यकतामाथि आक्रमण गर्न खोज्दा जनताहरुले उल्टै प्रतिकार गरि बिप्लवको पक्षमा नाराबाजी समेत गरि लखेटेर भगाएका छन् । जिल्ला पार्टी उक्त वडाका क्रान्तिकारी जनतालाई धन्यवाद ज्ञापन गर्दछ । आइन्दा भ्रष्ट दलालहरुले हाम्रो पार्टीको विरुद्धमा यस्ता खाले हर्कत दोहोर्याए ती ब्यक्तिलाई पार्टीले सख्त कार्बाही गर्ने चेतावनी दिन चाहन्छ । यो बिपतको समयमा हाम्रो पार्टी फेरि पनि सबैसंग योजनाबद्ध तरिकाले सहकार्य गर्न तयार रहेको जानकारी गराइन्छ । साथै सम्पुर्ण बझाङका आम जनसमुदायमा यो महामारीको बेला उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
क.विराट
ईन्चार्ज
क. हरिलाल
सचिव”