कोरोना संक्रमितको संख्या ३० पुग्यो

२०७७ बैशाख ६ गते, शनिबार

काठमाडौँ , ६ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ मध्ये केही भारतीय र चितवनमा २ जना नेपाली थपिएका भनेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १४ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा संक्रमण पुष्टि भएकामा सबै पुरुष छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु