प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार : १६ जनाको मृत्यु

२०७७ बैशाख ८ गते, सोमबार

काठमाडौं, ८ वैशाख । एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १६ जनाको मृत्यु भएको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा आइतबार प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारी ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती आक्रमणकारी पनि मारिएका छन् । नोभा स्कोटिया आरसीएमपीका अनुसार प्रान्तभरि अरु पनि स्थानीयहरु मारिएको आशंका गरिएको छ । त्यसबारे अहिले प्रहरीले अनुसन्धन गरिरहेको न्युयोर्क पोस्टले जनाएको छ । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् ।
रोयल क्यानाडाली माउन्ड पुलिसका प्रमुख सुपरिटेन्डेन्ट क्रिस लेदरले पनि १० जनाभन्दा बढी मारिएकाे स्वीकारे पनि कति मारिए भने अहिले यकिन तथ्यंक नअाएकाे बताएका छन् । उनले भने ‘१० भन्दा बढी नै मारिएका छन्, १० भन्दा कत्ति धेरै, मलाई थाहा छैन ।’
क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई ‘भयानक’ भनेका छन् । यसैगरी नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले यो प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।
स्थानीय सांसद टम ट्यागगार्टले उक्त घटना अविश्वसनीय भएकाे बताएका छन् । “हाम्रो समुदायमा यो हुन सक्छ भन्ने धारणा अविश्वसनीय छ,” उनले भने ।
नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएका थिए ।
क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् किनभने व्यक्तिगत रुपमा बन्दुक राख्ने कानुन छिमेकी देश अमेरिकाको भन्दा निकै कडा छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु