बाणिज्य बैंकहरुको ब्याज घट्यो !

२०७७ बैशाख १० गते, बुधबार

काठमाडौँ, १० वैशाख । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको उल्लेख छ । गत आर्थिक वर्षमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको विवरणअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९ दशमलव ६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९ दशमलव ४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै शुन्य दशमलव ११ प्रतिशतले कमी आएको छ ।
गत फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेका थिए । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रिया सुरु भएसँगै गत फागुन मसान्तसम्म १८७ बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भएर ४५ संस्था कायम भएको छ । बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । त्यस आधारमा अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु