आज लोकतन्त्र दिवस

२०७७ बैशाख ११ गते, बिहीबार

काठमाडौं, ११ वैशाख । आज वैशाख ११ लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । त्यसैकाे सम्झनामा आज लोकतन्त्र दिवस मनाइन्छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु