आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन
काठमाडौं, ११ वैशाख । आज वैशाख कृष्ण औंसी ( मातातीर्थ औंसी) अर्थात आमाको मुख हेर्ने दिन: । आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष लकडाउनका कारण स्थगित गरिएको छ । लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता छ ।