लिपुलेक हाम्रै हो भन्दै नाराबाजी गर्ने विद्यार्थी गिरफ्तार

२०७७ बैशाख २७ गते, शनिबार

काठमाडौं , २७ बैशाख । विद्यार्थीले भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन् । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेका युवा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
नाराबाजी गर्दै माइतीघर पुगेका युवालाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी गरेका थिए ।
यता , नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]