कोरोना संक्रमितको संख्या १२० पुग्यो !

२०७७ बैशाख २९ गते, सोमबार

काठमाडौँ , २९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् । एक जनाको भनेर उमेर खुलेको छैन । नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]