नेकपाद्वारा देशभर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा देशभर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी वलीको पुत्ला दहन गरेको छ । भारतले हालै मानसरोवर यात्राको लिंक रोड उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । भारतीय बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) ले निर्माण गरेको धार्चुलादेखि लिपुलेकसम्मको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेका थिए ।
नेपाली भुमिमा भारतीय पक्षले एकलौटी ढंगले सडक निर्माण गरेको भन्दै देशभर बिरोध समेत भईरहेको छ भने नेकपाले चरणबद्ध अान्दोलनको कार्यक्रम घोषण गरेको छ ।