भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना भएको पुष्टी
काठमाडौं, ३१ बैशाख । भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ । उनी पूर्व गृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भीम रावलका सुरक्षामा खटिदै आएको बताईएको छ । भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेको छैन ।
त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। हाल मध्यपुर थिमि नगरपालिका ९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको बताईएको छ ।
प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। यो सगँै नेपालमा दुई जना नर्स संक्रमित पुगेका छन् । हिजै कपिलबस्तुमा एक जना नर्समा संक्रमण पुष्टी भएको थियो ।