कोरोना संक्रमितको संख्या २५० पुग्यो !

२०७७ जेष्ठ १ गते, बिहीबार

काठमाडौं , १ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नयाँ पाच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोतरी, जलेश्वर र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु चिकित्सकको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यसअघि आज नै दुईजनामा कोरोना संक्रमण देखिएको थियो ।
आज बिहान कपिलवस्तु र काठमाडौंमा एक- एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै हिजो साँझ २४ जना संक्रमित थपिएका थिए । उनीहरु मध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका तीन र नवलपरासीका एक जना रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बुटवलमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियो । हिजो बिहान पर्सा र बाँकेमा एक एक जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमित मध्ये ३५ जना निको भइसकेका छन् ।
यसैबीच कोरोनाका संक्रमितहरु बढीरहेकाले अवस्था भने सामान्य नरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]