कोरोना संक्रमित संख्या २९१ पुग्यो !

२०७७ जेष्ठ ४ गते, आईतवार


काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज बिहानै १० जना संक्रमित थपिएकाे र उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् । थपिएका दशै जना पुरूष रहेकाे मन्त्रालयकाे भनाइ छ । उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे छ । नेपालमा पहिलाेपटक काेराेना भाइरसबाट १ जनाकाे ज्यान समेत गएकाे छ । हालसम्म ३६ जना भने निकाे भइसकेका छन् र ३२० आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]