काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे !

२०७७ जेष्ठ ५ गते, सोमबार


काठमाडाैं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या ३० ४ पुगेकाे हाे । मन्त्रालयका अनुसार साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् । मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्षीय, २९ वर्षीय र ३० वर्षीय एक/एक जना पुरूष रहेका छन् ।
त्यस्ताे राैतहट माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाई ५ का ३८ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आइतबार पनि नेपालमा १४ नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निकाे भइसकेका छन् भने २ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु